राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताएको राजधानी दैनिकमा खबर छ ।   

‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्डारीले भने, ‘माग पनि पूरा नगर्ने तर सरकारले हामीबाट समर्थन पनि खोजिराख्ने हो भने अब त्यस्तो हुँदैन ।’ 

null

मंगलबार अध्यक्ष मण्डलको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था विश्लेषण गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भण्डारीले बताए । 

अध्यक्ष मण्डलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने विषयमा विस्तृत छलफल हुने बताउँदै उनले अब सरकारलाई समर्थन गरिराख्नुपर्ने जरुरी नभएको बताए । 

राजपा नेपालका महासचिव केशव झाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीले पहिलो चरणको दबाबमूलक आन्दोलन गर्ने बताए । पहिलो चरणको आन्दोलनका क्रममा प्रशिक्षण, समान्य ¥याली, विरोधसभालगायतका कार्यक्रम हुने उनले बताए । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने पार्टीको निर्णयअनुसार अगामी कार्यक्रम तय हुने बताए । अध्यक्ष मण्डलको निर्णयका आधारमा समर्थन फिर्ता लिने वा नलिनेबारे छलफल गरेर पार्टी अगाडि बढ्ने उनले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा नेपालले समर्थन फिर्ता लिने चेतावनी यसअघि दिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *