पप्पु कन्स्ट्रक्सन नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने
काठमाडौं । पप्पु कन्स्ट्रक्सनले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कोस्टाल पप्पु (जेभी) कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको अन्नपूूर्ण पोस्टमा खबर छ । समयैमा ठेक्का नसकेको र गुणस्तरहीन काम गरेकाले पप्पुलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाइएको हो ।
पप्पुले नेपालगन्जमा अवस्थित सिक्टा सिँचाइ आयोजनमा ठेक्का सम्झौताअनुसार निर्माण नगरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाएको थियो । पत्रका आधारमा पप्पुलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप नोक्सानी भइ विकासमा अवरोध सिर्जना हुने ठहर गरिएको छ ।
त्यसबाट सर्वसाधारणको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले कार्यालयले कालोसूचीसम्बन्धी कारबाही प्रक्रियाको टुंगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भागलिन नपाउने गरी रोक लगाइएको हो । कार्यालयका सूचना अधिकारी श्रीधर पन्थीले कालोसूची राख्ने प्रक्रिया अघि बढेको कम्पनीले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नसक्ने बताए । पप्पुले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाए पनि पुराना ठेक्कासम्बन्धी कार्य भने गर्न पाउँछ ।
null
पप्पुले कन्स्ट्रक्सनसँग राष्ट्र बैंकको भवनसहित ४० वटा आयोजनाको ठेक्का छ । त्यसमा राष्ट्र बैंकको भावन निर्माण गर्ने ठेक्का सम्झौता भएको छैनन् । पप्पुले बालुवाटारको भवन निर्माण गर्न दुई अर्ब ६ करोड रुपैयाँ प्रस्ताव गरेको थियो । भवनको लागत करिब तीन अर्ब रुपैयाँ राखिएको थियो ।
बोलपत्र प्रक्रियामा सबैभन्दा न्यून अंक कबुल गरेकाले उक्त भवनको ठेक्का पप्पुले पाएको थियो । पप्पुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको र त्यसबीचमा भवन निर्माण गर्ने ठेक्का सम्झौता नभएकाले उसले ठेक्का पाउने छैन ।