सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि कृषि विकासकाे बजेट दुरुपयोग गर्दै विदेश भ्रमणमा

कात्तिक १८, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु पद र बजेटको दुरुपयोग गर्दै विदेश भ्रमणमा गएको पाइएको छ । सो नगरपालिकाका मेयर कालिप्रसाद दास र उपमेयर मञ्जु राई लगायतको टोलि पद र बजेटको दुरुपयोग गर्दै छिमेकी मुलुक भारतका पर्यटकीय स्थलहरुको भ्रमण गर्न पुगेको पाईएको हो । 

सो नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा कर्मचारीहरुको टोलि कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै बिदेश भ्रमणमा गएका छन् । 

 

null

नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम, दार्जेलिङ, ग्यान्टोकलगायतका पर्यटकीय स्थलहरुमा पुगेको हो । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु र केही कृषकहरुसमेत २२ जना थिए । 

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलामका जाने कार्यतालिका बनाएर भ्रमण टोली निस्किएको थियो । उक्त टोलीका सदस्यहरुले सिक्कीमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवलोकन भ्रमणको नाममा बिदेश पुगेको रहस्य खुलेको हो । आलोचना सुरु भएपछि ति कर्मचारीहरुले फेसबुकमा राखेको फोटो हटाएका थिए । 

सो नगरपालिकाले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सो रकम मध्ये ५ लाख बजेट लिएर टोली अवलोकन भ्रमणका निस्किएको थियो । सुनबर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले पाँच लाख बजेट विनियोजन भएको बताउँदै सो बजेटबाट मेयरको टोलि भारत पुगेको बिषयमा आफूलाई जानकारी नभएको दावी गरे । 

 

अवलोकन भ्रमणमा नगएका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । ‘मेयरसापहरुको टोलि झापा, मोरङ, सुनसरी र इलाममा भएका कृषि क्षेत्रको अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो,’ कार्यवाहक अध्यक्ष तामाङले भने ‘नगरपालिकाबाट मलाई पाँच दिनको कार्यवाहक दिइएको छ ।’ 

नगरपालिकाका सबै फाँटवाला प्रमुखहरु भ्रमणमा गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । यता भ्रमणबाट फर्किएका मेयर कालिप्रसाद दासले भने आफ्नो टोलि पशुपतिनगरसम्म मात्र पुगेको दाबी गरेका छन् । उनले भने ‘हामी पशुपतीनगरसम्म पुगेका हौं, सिक्किम गएका छैनौँ ।’ भ्रमण टोलीको एक सदस्ययका अनुसार बिहीबार सिक्कीम गएको टोली शुक्रबार साँझ पशुपतीनगर आएर बसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *