हुलाक कार्यालयमा प्रमुख सँगै तीन जनालाई बिदाई
मंसिर १४ धरान, सुनसरी । जिल्ला हुलाक कार्यालय सुनसरी धरानले कार्यालय प्रमुख रमेश कुमार घिमिरे सहित तीन जना कर्मचारीलाई बिदाइ गरेको छ ।
जिल्ला हुलाक कार्यलय सुनसरी धरानमा निर्माणको अन्तिम चरणमा रहेको आफ्नै भवनमा एक कार्यक्रम गरी जिल्ला हुलका कार्यलय धरानमा नायब सुब्बा हँुदै निमित्त कार्यलय प्रमुख समेत भई करिब ४२ बर्ष कार्य सम्पादन गरेका घिमिरे, क्षेत्रिय निर्देशनालय हुलक मोरङ बिराटनगरमा निर्देशकको रुपमा बढुवा भएर गएका राजकुमार सुबेदी र सुनसरी जिल्ला हुलाक कार्यालयमै लेखापालको रुपमा कार्यरत रही हाल ईनरुवा मालपोत कार्यालयमा सरुवा भई गएका सुवास गुरागाईलाई बिदाई गरिएको छ । जिल्ल हुलाक कार्यालय सुनसरी धरानमा प्रमुखको रुपमा आएका राजु कटुवालको अध्यक्षतामा सो बिदाई कार्यक्रम गरीएको थियो । २०१७ साल मंसिर १५ गते खोटाङ जिल्लाको मझुवागढी रुपाकोट नगरपालिकामा जन्मेका घिमिरेको बाल्यकालको कक्षा ५ सम्मको शिक्षा खोटाङमै भएको थियो भने अन्य शिक्षा २०२९ सालबाट महेन्द्र रात्री माध्यमिक विद्यालय (जुन हाललाई सरस्वती उच्च मा.बि. बिराटनगरको नामबाट चिनिन्छ) मा भएको हो, भने उच्च मा.बि.को शिक्षा २०३० सालदेखी २०४२ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस बिराटनगरमा नै भएको थियो । घिमिरे २०३४ साल माघ १० गतेबाट कोसी अञ्चल हुलाक नियन्त्रण कार्यालय बिराटनगरमा बहिदार पदबाट जागिर सुरु गरेका । २०३६ साल पुष १ गतेबाट सुनसरी जिल्ला हुलाका कार्यालयमा तत्कालिन मुखिया पदमा कायारत रही जिल्ला हुलाक कार्यलय सुनसरी धरानमा निमित्त कार्यलय प्रमुखको रुपमा समेत काम गरिसकेका थिए । नेपाल सरकारको हुलाक सेवा बिभागबाट ४ पटक सम्म सम्मानित भएका घिमिरे आफु रात दिन नभनी राष्ट्र र जनताको कार्यमा जुटिरहेको र अरुलाईपनि सोही कार्यमा जुटिरहन कार्यक्रममा आग्रह गरेका थिए ।
कार्यक्रममा तत्कालिन जिल्ला हुलाक कार्यलय सुनसरी धरानको कार्यलय प्रमुख तथा अधिकृत र हालका क्षेत्रिय निर्देशनालय हुलाक बिराटनगरका प्रमुख राज कुमार सुवेदीले जिल्लामा रहँदाको समयमा सबैको कार्य र सहयोगको प्रसंसा गदै सबै काम समयमै सम्पादन गरी आफनो सुनसरीको कार्याकाल सफल बनाउन सहयोग गरेकोमा सबै कर्मचारी, लगायतका सबैलाई धन्यबाद दिए ।
null
सुबेदीले निजामती सेवा यस्तो सेवा हो जहाँ आउने र जाने क्रम चलिरहन्छ । यहाँ मात्र होईन बिभाग मन्त्रालय सम्ममा यस्तै बिदाई पछिको जिबन सुखमय रहँदै आएकोले पनि दुख मान्नुपर्ने कुरै नहुने बताए । सोही कार्यक्रमा जिल्ला हुलाक कार्यालय धरानमा लेखापालको रुपमा कार्यारत सुवास गुरागाईलाई समेत बिदाई गरिएको छ । भने गुरागाई जिल्ला मालपोत कार्यलय ईनरुवामा सरुवा भएको हो । यस्तै सोही क्रममा गुरागाईले रमेश घिमिरे सरको बिदाईको सुखद सफलताको कामना दिदै सक्रिय कर्मचारीमा घिमिरे जतिको ईमान्दारीता कसैले नदिएको बताए ।
साथै कार्यक्रममा नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य प्रकाश राईले जिबनभरी सम्झि रहने निजामती सेवाबाट सुखी जिवन बिताउन घिमिरेलाई अनुरोध गरे । समाजमा काम गरी रिटायर लाईफ पनि हुलाकलाई सम्झाउने कार्यक्रममा आग्रह गरे । हुलाकलाई अन्नदाताको संज्ञा दिदैँ हुलाकमा नै कार्यरत कर्मचारीको रासनपानी दिने दाबी गरे । कार्यक्रममा राजकुमार श्रेष्ठले कर्मचारीमा यस्तो प्रक्रिया चलिरहने बताए । यो प्रक्रियाले यहाँ आउँने हाकिमले कसैलाई काखा पाखा गर्नु हुँदैन समेत बताए ।
कार्यक्रममा जिल्ला भरीमा रहेको बिभिन्न ईलाका हुलाक कार्यालयका कर्मचारीहरुले अवकास प्राप्त घिमिरेलाई फुल माला लगाउनुका साथै मायाको चिनो समेत प्रदान गरी बिदाई गरेका थिए । करिब ५० जनाको उपस्थित रहेको कार्यक्रमलाई सञ्चालन भने भरतराज शर्माले गरेका थिए ।