ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि–अर्डर सुरुवातको घोषणा

कार्तिक २०, काठमाडौं । सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेवन सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीका अनुसार तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेवन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो । ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५ का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने छ । प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्ताले कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुममा गई रु २००० अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फस्ट सेल्स ईभेन्टका दौरान नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् । 

नायिका स्वस्तिमा खड्कालार्इ ओपो फस्ट सेल्स ईभेन्टका दौरान ओपो फ्यान्ससँग भेट्न पार्इनेछ । नायिका स्वस्तिमा भर्खरै नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । 

null

सहकार्यका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘लाखौ नेपाली यूवाका ढुकढुकीका रुपमा रहन सफल नेपाली चलचित्र उद्योगकी सुपर स्टार नायिक स्वस्तिमा खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ । स्थानिय लोकप्रिय कलाकारहरु सँगको यस्ता सहकार्यले हाम्रा यूवा फ्यान्स माझ आफ्ना सन्देश पुर्याउन थप सहयोग मिल्नेमा हामी विश्वस्त छाैं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *