छठपर्वको अवसरमा सांस्कृतिक महोत्सव गर्दै प्रदेश १ सरकार

कात्तिक २५, विराटनगर । प्रदेश नं १ सरकारले छठ पर्वको अवसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ । 

आगामी कात्तिक २८ गते आयोजना हुने जलपान तथा सांस्कृतिक महोत्सवका लागि मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा १ सय १ सदस्य मुख्य आयोजक समिति गठन गरिएको जनाइएको छ । 

प्रदेश सरकारको तर्फबाट कार्यवाहक मु्ख्यमन्त्री रहेका हिक्मत कार्कीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी विराटनगरको आर्दश माध्यामिक विद्यालय प्राङ्गणमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म जलपान तथा संस्कृतिक महोत्सव आयोजना हुने जानकारी दिए । 

null

उनले आगामी कात्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवमा विशेषत: झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातीका नृत्य सँगै झाँकी प्रस्तुत हुने जानकारी दिए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा संस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपा श्री निरौला, विल्सन विक्रम राई, सुमित खड्का लगायतका कलाकारहरुको समेत प्रस्तुती रहने जानकारी दिइएको छ । 

जलपान तथा संस्कृतिक महोत्सवको लागि सम्पु्र्ण व्यवस्थापकीय जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *