नेशनलको २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांशका लागि बूक क्लोज मिति तय

मंसिर ३, काठमाडौं । नेशनल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव वुक क्लाेज गरेकाे छ । संस्थाले उक्त नगद लाभांश रकम वार्षिक साधारणसभामा लैजान बूक क्लोज मिति तय गरेको हाे । 

नेशनल माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडको मिति कात्तिक १८ बसेको सञ्चालक समितिको ७६ औं बैठकको निर्णय अनुसार मंसिर २८ गते हुन गैइरहेको ५ औं वार्षिक साधारणसभा प्रयोजनका लागि मिती मंसिर १५ गतेदेखि २८ गतेसम्म लघुवित्तका सेयरधनीहरुको दाखिला खारेज बन्द गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले २५ प्रतिशत बोनस बराबर ३,००,८९० कित्ता सेयर र नगद १५ प्रतिशत लाभांशका रुपमा नगद १,८०,५३,४०० प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको छ । हाल माईक्रोफाईनान्सको चुक्ता पूजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *