इन्टरनेशनल ट्रेड ग्रुपका सञ्चालक जर्मन पठाउने भन्दै करोडौं उठाएर गायब
कात्तिक ३०, काठमाडौं । बैदेशिक रोजगारीका लागि जर्मन पठाउने भन्दै एक मेनपावर ब्यवसायी दर्जनौ युवतिहरुबाट लाखौं रकम उठाएर फरार भएका छन् । राजधानीको सामाखुसी स्थित इन्टरनेशनल ट्रेड ग्रुप प्रा.लिका सञ्चालकले केहि महिना अघि दुई दर्जन युवतिहरुलाई जर्मनीका अस्पतालहरुमा नर्स कामका लागि पठाइदिने भन्दै पैसा उठाएर फरार भएका हुन् ।
इन्टरनेशनल ट्रेड ग्रुप प्रा.लिका सञ्चालकले प्रति युवति एक लाखदेखि १० लाखसम्म पैसा लिएको र जर्मन पनि नपठाइदिएको एक पिडित युवतिले बताइन् । मेनपावरका सञ्चालक रुद्र राना हुन् । उनले दशैं अघि नै ती युवतिहरुबाट पैसा बुझेका थिए । अहिले उनी सम्पर्क विहिन भएपछि ती युवतिहरुले आफुहरु ठगिएको बताएका छन् । ‘हामीलाई दशैं लगत्तै पठाइदिने कुरा भएको थियो, दशैं अगाडीसम्म काम भइरहेको र भिजा आउन बाँकी रहेको भनेको थियो, अहिले कार्यालयमा समेत भेटिँदैनन्, मोवाइल स्विच अफ गरेको छ ।’ नाम नबताउने शर्तमा एक पिडीत युवतिले मकालु खबरलाई बताइन् । उनलाई आफ्नो नाम भन्दा पैसा डुब्ने चिन्ता रहेको बताइन् ।
null
श्रम मन्त्रालय बैदेशिक रोजगार विभागमा अर्कै ब्यक्तिको नाममा यो कम्पनी दर्ता भएको छ । इन्टरनेशनल ट्रेड ग्रुपले जर्मन, पोल्याण्ड, युएइ जस्ता देशहरुमा नर्स पठाउने भन्दै नर्सिङका विद्यार्थीहरुबाट करिब एक करोड बढि उठाएको स्रोतको दावि छ ।
यो मेनपावरले यी देशहरुमा कामदार पठाउन बेदेशिक रोजगार विभागबाट श्रम स्विकृति समेत नलिएको र ती विद्यार्थीलाई ब्यक्तिगत ग्यारेण्टीमा पठाउन लागेको थियो । कम्पनीका अध्यक्ष रुद्र रानाले बालाजुमा रहेका कतिपय मेनपावर ब्यवसायीबाट समेत लाखौं ठगेको बुझिएको छ । उनले कतिपयलाई बाउन्स चेक दिएका छन् । ‘एक दुई महिनापछिको चेक दिएका थिए, बैंकमा पैसा लिँन जाँदा चेक बाउन्स भएको छ ।’ एक ब्यवसायीले भने ।
रुद्र रानाले विद्यार्थीबाट पैसा बुझ्दा आफु बच्नका लागि कम्पनीको नाम छाप र हस्ताक्षर नभएको रसिद दिएका छन् । (हेर्नुहोस रसिद)
मेनपावरको कार्यालय सामाखुसीमा गएर जानकारी लिँदा रुद्र राना कार्यालयमा नभएको कर्मचारीले जवाफ दिने गरेका छन् । कार्यालयमा बसेका कर्मचारीले रुद्र रानासँग गरेको कारोबार उसैसँग मिलाउन भन्दै विद्यार्थीलाई थर्काउने गरेका छन् ।
बैदेशिक रोजगार विभागमा दुई वर्ष अघि दर्ता भएको इन्टरनेशनल ट्रेड ग्रुपको बैदेशिक विभाग दर्ता नं. १०६२/०७३/०७४ रहेको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा समेत आबद्ध यस मेनपावरले विगतमा पनि युएइ, कतार, बहराइन, जर्मन, युरोपमा काम लगाईदिने भन्दै सयौं युवाहरुलाई विचल्लीमा पारेको गुनासो छ ।
कम्पनीका सञ्चालक रुद्र राना दशैं अगाडी नै गायब भएका छन् । उनको मोवाईल ९८१३१८८२२६, ९८४९०१०७६२ मा पटकपटक सम्पर्क गर्दा उनको मोवाइल अफ रहेको छ । अहिले उनकाे सामाखुसीमा रहेकाे कार्यालयकाे समेत फाेन उठ्दैन ।