हेप्पी फेमिलीद्वारा कचाली बालविकास केन्द्रका बालबालिकाहरुलाइ सामग्री बितरण

लम्कीर कार्तिक २९ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ कचालीमा रहेको कचाली बालविकास केन्द्रका बालबालिकाहरुलाई आज शैक्षिक सामग्री र न्यानो लुगा बितरण गरिएको छ । 

जिल्लाकै पहाडी तथा बिकट गाउँपालिकाको रुपमा रहेको मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ को कचाली बालविकास केन्द्रमा अध्ययनरत ३६ जना बालबालिकाहरुलाई उक्त अवसरमा शैक्षिक सामग्री र न्यानो लुगा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण बजगाईले बताए । 

कैलालीका लागि नेपाली भन्ने मुल नारा सहित शिक्षामा सहयोगार्थ टीम हेप्पी फेमिली संस्थाको सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रत्येक बालबालिकालाई एक थान झोला, एक जोडा न्यानो लुगा तथा खेलकुदका सामग्री वितरण गरिएको हो । 

null

सामाजिक अभियन्ता तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक लक्ष्मण बजगाईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी रहेका थिए । 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी अधिकारीले आफ्नो कार्यकालमा कचाली बालविकास केन्द्रको स्तर उन्नति गरि विद्यालय बनाउन र भवन निर्माण गर्न पहल गर्ने बताएका थिए । 

कार्यक्रममा विशिष्ट अतिथी समाजसेवी तथा व्यापारी बखतबहादुर बिष्टले कचाली बालविकास केन्द्रको लागि आफुले सक्दो सहयोग गर्ने बताए । 

कार्यक्रममा सामथ्र्य नेपालका संयोजक अर्जुन भुषाल, टीम हेप्पी फेमिलीका अध्यक्ष प्रतिभा खड्का , फौजी अधिकारी, सुवेक्षा बोगटी , लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । 

निर्मल बजगाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन मोहन्याल गाउँपालिका शिक्षा समिति सदस्य एवम् शिक्षक नरेन्द्र थापाले गरेका थिए । वालविकास केन्द्रमा हाल गरिब विपन्न परिवारका ३६ जना बालबालिका अध्ययनरत छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *