मानव अधिकारवादी नेता तुलाधरको राजकीय सम्मानका साथ अन्त्येष्टि

कात्तिक १९, काठमाडौँ । मानव अधिकारवादी नेता पद्यमरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । 

बामपन्थी नेता तुलाधरको नेवारी परम्परा अनुसार शोभा भगवतीस्थित दिव्यश्वरी घाटमा अन्त्येष्टि गरिएको हो । 

 

null

उनको पार्थिव शरीरलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत ७८ वर्षीय तुलाधरको आइतबार निधन भएको थियो । श्रद्धाञ्जलीका लागि उनको शवलाई आइतबार बेलुकादेखि लैनचौरस्थित निवासमा राखिएको थियो । 

उनको अन्त्येष्टिमा राजनीतिक दलका नेता कार्यकर्ता लगायत सयौँ मानिसहरु सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *