रारा भ्रमणमा गएका चापाकोटका मेयरमाथि कुटपिट

कात्तिक १८, काठमाडौँ । रारा भ्रमणमा गएका स्याङजास्थित चापाकोट नगरपालिकाका मेयर शिव गिरी सहित उनको टोली घाइते भएका छन् । 

करिब तीन दर्जन टोलीसहित रारा भ्रमणमा गएका मेयर गिरी सहितको टोली काठमाडौँबाट गएका युवा टोलीसँगको झडपमा घाइते भएका हुन् । 

रारा भ्रमण गरी फर्कने क्रममा बास बसेको गिरीको टोलीसँग कालिकोट सदरमुकामस्थित सनलाइट होटलमा झगडा भएको थियो। मेयरको टोलीले मादक पदार्थ सेवन गरी हो हल्ला गरेको विषयमा सुरु भएको विवादले कुटपिटको रुप लिएपछि मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जना घाइते भएका हुन् । 

null

घाइतेहरुको कालिकोटस्थित अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले बताएको छ। अन्य सात जनालाई भने प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । 

मेयर गिरीको टाँउकोमा चार टाँका लगाइएको अस्पतालले जनाएको छ । अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने काम भइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *