चन्द्रागिरि नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

कात्तिक ३०, काठमाडौं । नेपाल प्रहरीले भर्खरै सुरू गरेकाे समुदाय प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयन गर्दै चन्द्रागिरि नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ निर्माण गरिएकाे छ। 

महानगरीय प्रहरी वृत्त थानकाेटकाे अायाेजनामा गठन गरिएकाे ‘समुदाय प्रहरी पालिका समिति’ मा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीकाे संयाेजकत्वमा ३३ सदस्य समिति निर्माण गरिएकाे हाे । 

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले टाेलटाेलमा शान्ति शान्ति सुरक्षा अमनचयन अपराध नियन्त्रण तथा निमूल पार्नकाे लागि गृह प्रशासन सुधार योजना अन्तर्गत नेपाल प्रहरीले यो अवधारणा ल्याएकाे प्रती खुशी व्यक्त गर्दै नगरवासी र प्रहरी विच समन्वयात्मक भुमिका निर्वाह गर्ने बताए । 

null

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पाेखरेलले ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको र प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढिरहेकाे बताए । 

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । 

नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरिसकेकाे छ । 

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्यकाे साथ अगाडि बढिरहेकाे हाे । 

‘हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ’, प्रहरीले जनाएकाे छ । साे अवसरमा महानगरीय प्रहरी वृत्त थानकाेटका प्रहरी निरिक्षक अमृत वहादुर वस्नेतले अवधारणा पत्र प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *