‘ए’ डिभिजन लिगमा आजदेखि पाँचौं चरणका खेल : थ्रीस्टार र एपीएफ, पुलिस र एनआरटी भीड्दै

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजदेखि पाँचौं चरणका खेल सञ्चालन हुँदैछन्। मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएपछि उपाधि यात्रामा धक्का लागेको थ्रीस्टारले आज एपीएफको सामना गर्दैछ। 

सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेलमा उपाधि दाबेदारी कायम राख्न थ्रीस्टार अबका खेल नगुमाउने योजनामा हुनेछ । यसअघि तीन जित र एक हार खेपेको थ्रीस्टार ९ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। अघिल्ला चार खेलमा एक जित, एक बराबरी र दुई हारको नतिजा निकालेको एपीएफको चार अंक मात्रै छ। 

एपीएफ पनि थ्रीस्टारलाई बलियो टक्कर दिँदै तालिकामा तीन अंक थप्ने तयारीमा हुनेछ। 

null

एन्फा मैदानमै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र एनआरटी भीड्दैछन्। लिगमा खराब नतिजाबाट गुज्रिएको एनआरटीको तुलनामा पुलिस बलियो देखिएको छ। पुलिसले अघिल्ला खेलमा मिश्रित नतिजा निकालेको छ। 

चार खेलमा दुई जित, एक बराबर र एक हार ब्यहोरेको पुलिसको सात अंक छ। एनआरटीको एक अंक मात्रै छ। अघिल्ला तीन खेल गुमाएको एनआरटीले त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *