मध्य भोटेकोसीले १ अर्ब ४४ करोडको आईपीओ ल्याउँदै, अाजबाट अावेदन पत्र प्रकाशित

काठमाडाैं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले कात्तिक २८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको बताएकाे छ । 

कम्पनीले कर्मचारी सञ्चयकोषका संचयकर्तालाई १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता निष्कासन गर्न लागेको छ । जसअनुसार संचयकर्ताले आगामी कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको छ । संगठित संस्थाका कर्मचारीलाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको अायाेजनाले जनाएकाे छ । 

संस्थाका कर्मचारीलाई आगामी मंसिर १८ गतेदेखि २६ गतेसम्म आवेदन भर्न पाउनेछन् । लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम १२०० कित्तासम्म आवेदन दिने पाउनेछन् । आवेदनपत्र अाज (बिहीबार) प्रकाशित हुनेछ । कोषका संचयकर्ताले न्युनतम् ५० वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने भएका छन् । 

null

संचय कोषका कर्मचारीले ५० देखि बढीमा १ हजार २०० कित्तासम्म आवेदन दिन पाउने छन् । दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । 

आयोजनाबाट आगामी २०७६ असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । मध्यभोटेकोसीमा नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेड मुख्य लगानी छ । 

आयोजनामा विद्युत प्राधिकरणको १०, चिलिमेको ३७ प्रतिशत स्वामित्व छ । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड र सिन्धुभोटेकोसी हाइड्रो कम्पनी लिमिटेडको ३ प्रतिशत लगानी छ । ४९ प्रतिशत साधारण सेयरधनी र ५१ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व छ । 

संचय कोषका संचयकर्ताको १९.५, संस्थाका कर्मचारीको ३.५, सर्वसाधारणको १५ र आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई १० प्रतिशत सेयर छुट्टाईएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *