पदाधिकारी चयनमा राजनीतिक चलखेल नगर्न महासंघको आग्रह


मंसिर ११, काठमाडौं । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा योग्य र क्षमतावान पदाधिकारी चयन गरिनुपर्ने नाट्यकर्मी महासंघले जनाएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गर्दा योग्यता र क्षमता हेरेर पदाधिकारी चयन गर्न आग्रह गरेको हो ।
प्रतिष्ठानले गरेका क्रियाकलापमासामान्य सन्तुष्ट हुने अवस्था समेत नरहेको भन्दै विधागत रुपमा अनुभवी र प्राज्ञिक ब्यक्ति ल्याइनुपर्ने माग गरेको हो ।
सरकारले पदाधिकारी चयन गर्दा विधागत कार्य अनुभव, प्राज्ञिकता, निरन्तरता, जनसम्पर्क, नाटक विधाको राष्ट्रिय–अन्तराष्ट्रिय सहभागिता अनुभव जस्ता कुरालाई आधार बनाइनुपर्ने महासंघको जोड छ ।
null
महासंघले जारी गरेको विज्ञप्तिमा निर्देशकीय योग्यता, अभिनय वा प्राविधिक ज्ञान समेतको एउटा मापदण्ड तयार गरी त्यसको आधारमा मनोनयनको अवस्था गर्नु पर्ने बताइएको छ ।
‘पिएचडी मात्र विज्ञता होईन । कायान्वयन तहको क्रियाशिलता र अनुभव पनि अनिवार्य गरिनु पर्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
महासंघका महासचिव राजेन्द्र रिमालद्वारा जारी विज्ञप्तिमा गैर सरकारी संघसंस्थाको लगानीमा गरिएका नाटक सम्बन्धी कार्य वा सहकारी तलब सुबिधा प्राप्त वा उमेर हदबन्दीका कारण अवकाश प्राप्त विधागत योगदानको मुल्यांकन गर्न नहुने जिकिर गरिएको छ । महासंघले पदाधिकारी चयन गर्दा मनोनयनमा दोहोरिने परम्पराको अन्त्य गरिनु पर्ने समेत बताएको छ ।
विगतमा गलत अभ्यासबाट भएका छनौटका कारण प्राज्ञिक संस्थाहरुको विश्वास गुम्दै गएको महासंघको ठहर छ । उसले प्रतिष्ठानहरु चलायमान बनाउनका लागि गलत अभ्यासहरुको अन्त्य गरिनुपर्ने बताएको छ ।
भने, पछिल्लो समय प्रतिष्ठानमा पदाधिकारी नियुक्ति प्रक्रियामा भएको ढिलाईले राजनितिक तथा आर्थिक चलखेलको शंका उत्पन्न गरेको भन्दै तत्काल पदाधिकारी चयन गर्न सरकार समक्ष आग्रह गरेको छ ।
