काँग्रेस महासमिति बैठक मंसिरभित्रै बस्ने
मकालु खबर
२०७५ कार्तिक १७ गते
कात्तिक, १७ काठमाडौं । मंसिर पहिलो साताका लागि तय भएको काँग्रेस महासमिति बैठक सर्ने भएको छ । विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपूग हुने भएपछि मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक नबस्ने निश्चित जस्तै भईसकेको छ ।
महासमिति बैठक मंसिरभित्रै गर्ने गरी सार्न लागिएको काँग्रेस स्रोतले जानकारी दिएको छ । ‘विधान संशोधनको प्रस्तावमा छलफल गर्न १५/२० दिन पर्याप्त हुने भएकाले २५ वा २६ गते महासमिति बोलाउने तयारी छ’,
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने बैठक सार्ने औपचारिक निर्णय नभएको बताउँछन् । यो विषयमा तिहार अगाडि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने उनले जानकारी दिए ।
null
मकालु खबर
२०७५ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित