फरार प्रतिवादी पक्राउ

२०७५ मंसिर ११ गते

मंसिर ११, ललितपुर । चार वर्ष देखि फरार प्रतिवादीलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट प्रहरी निरीक्षक खुमलाल भुसालकाे नेतृत्व टोलीले सोमबार पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा कैद तथा जरिवानाको फेसला सुनाएको थियो । शाक्यलाई अदालतले सात वर्ष ११ महिना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
null

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित