विराटनगर पुगेर नारायणकाजीले भने, नेकपामा गुटको राजनीति मौलायो
मंसिर १४, विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको मुल्याकङन गर्ने समय भई नसकेको बताएका छन् ।
उनले सरकारले कामको बारेमा गम्भिर आत्मसमिक्षा गर्दै परिणमामुखी काम गर्न भने जरुरी रहेको बताए ।
विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता श्रेष्ठल सरकारको कामको मुल्याङन गर्ने भन्दापनि कामको समिक्षा गर्न आवश्यक रहेको बताए । उनले नेकपाभित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनिति मैलाएको खुलासा गरे ।
null
नेता श्रेष्ठले पार्टीलाई गुटरहित बनाउन आवश्यक रहेकोमा पनि जोड दिएका छन् । उनले पार्टीभित्र बैचारिक छलफल र अन्तरसंघर्ष बढाउन भने आवश्यक रहेको बताए ।
साथै उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना काण्डको अपराधीलाई अहिलेसम्म पत्ता लगाउन नसक्नु दुखद भएको बताए । घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन सरकार लागि परेको उनले बताए ।