तोकेको ठाउँमा नजाने कर्मचारी निकाल्नुको विकल्प छैन– अध्यक्ष दाहाल

कात्तिक २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको क्षेत्रमा वा ठाउँमा नजाने कर्मचारी निकाल्नुको अर्को विकल्प नभएको बताएका छन् । 

बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारी निकाल्नुको अर्को विकल्प नभएको बताएका हुन् । 

‘सिंहदरबारको अधिकार गाउँमा पठाउन खोज्दा पनि कर्मचारीकै कारण समस्या देखिएको छ’, उनले भने, ‘सरकारको निर्णय नमाने पुराना हटाएर नयाँ भर्ना गरिनेछ ।’ 

null

साथै उनले राजाको पालामा तालिमप्राप्त कर्मचारीले नेताहरुलाई बिगारिसकेको आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *