नेपाल–थाइल्याण्डबीच नयाँ हवाई सेवा सम्झौता, अब सातामा २८ वटासम्म उडान भर्न पाउने

कात्तिक १६, काठमाडौँ । नेपाल र थाइल्याण्डबीच नयाँ हवाई सेवा सम्झौता भएको छ । पहिलो पटक हवाई सेवा सम्झौता भएको ४७ वर्षपछि शुक्रबार उक्त सम्झौता पुनरावलोकन भएको हो । 

शुक्रबार थाइल्याण्डको बैंककमा भएको दुईपक्षीय हवाई सेवा सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाई पक्षका टोली नेता एवं थाई नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकमानोपले हस्ताक्षर गरे । 

नयाँ सम्झौता भएसँगै नेपालले थाइल्याण्डमा हप्तामा २८ उडान गर्न पाउने भएको छ ।नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले पनि थाइल्यान्डका जनुसुकै सहरमा उडान भर्न पाउने छन् । 

null

अहिले थाइल्याण्का लागि नेपाल एयरलाइन्सले उडान भरिरहेको छ भने थाइल्याण्डबाट थाई एयरवेज र थाइल्याण्ड एयरले उडान भर्दै आएका छन्। 

थाइल्याण्डबाट थाई एयरवेजले दैनिक काठमाडौंमा उडान गर्दै आएको छ। थाइलाइनले सातामा तीन वटा मात्रै उडान गरिरहेको छ। नयाँ सम्झौतासँगै अब दुवै देशका एयरलाइन्सलाई उडान थप्ने बाटो खुलेको छ । 

सम्झौता अनुसार उडान गर्दा तेस्रो मुलुकसँग सम्झौता गरि कोड सेयर गर्न सकिने व्यवस्था गरिएको छ । जसका कारण अन्तर्राष्ट्रिय उडान गर्दा विमान परिवर्तन गर्नु परे पनि एउटै टिकेटबाट उडान गर्न सकिनेछ। 

सम्झौता अनुसार थाइल्याण्डको वायुसेवा कम्पनीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न सक्ने छन् । 

सन् १९७१ मा पहिलोपटक नेपाल र थाइल्याण्डबीच हवाई सम्झौता भएको थियो। सो सम्झौतामा दुबै पक्षले हप्तामा १०–१० उडान गर्न पाउने उल्लेख थियो। उक्त सम्झौता धेरै पुरानो भएकाले पुनरावलोकन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *