‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना दुखद्’– सञ्चारमन्त्री बाँस्कोटा

कात्तिक २६, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबरजस्ती धर्म परिवर्तन गराउने घटना दुखद् भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौ दिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने उनको भनाइ थियो । 

null

साथै मन्त्री बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताए । ‘प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो’, उनले भने, ‘मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आ–आफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्छ ।’ 

मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताए । अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्ने हुनाले मानवजातिको रक्षा प्रमुख आवश्यकता भएको उनको भनाइ छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *