शुभकामना आदान प्रदान
कात्तिक, १७ धरान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) धरान १४ ले चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।सोही कार्यक्रममा बोल्दैँ धरानका कार्यबाहक मेयर मन्जु भण्डारीले धरानलाई अब ग्रीन करिडोर, क्लिन करिडोर बनाउन उपमहानगरपालिकाले गुरु योजना बनाइ सकेको बताएकी छिन । धरानमा पानीको ठूलो समस्या भएकोले तुरुन्तै ठाउँ निक्र्योल गरि पानी टेङ्की बनाएपनि बितरण गर्ने कार्यमा नगरपालिका तुरुन्तै अगाडि बड्ने समेत बताईन ।
आदिबासी जनजातिहरुको ऐतिहासिक स्थल भताबुङे दरवार र आस पासका क्षेत्रहरूमा घेरा बारा हाली लाइभ चिडियाखाना निर्माण गर्ने योजना रहेको भण्डारीले बताइन् । धरान १४ बिजयपुर नेपाल सरकारको धार्मिक पर्यटकीय क्षेत्र परेकोमा नगरबासीलाई बधाई समेत प्रदान गरिन ।कार्यक्रममा राष्ट्रिय युवा परिषद सुनसरीका संयोजक हर्कजङ एभेङ,साबिक नेकपा एमाले वडा नम्बर १४ का नेता झलक मान श्रेष्ठ, साबिक माओबादी केन्द्र वडा नम्बर १४ का सह संम्योजक प्रेम खापुङ, नगर सह संम्योजक साबित्रा चौलागाईं (भुमिका), केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारका निमित्त क्याम्पस प्रमुख डम्बर बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम साबिक नेकपा एमालेका वडा नम्बर १४ का अध्यक्ष टंक कार्कीको अध्यक्षतामा सम्पनन भएको थियो ।
null