शाहरुखलाई कसले दियो कालो झण्डा देखाउने धम्की ?

मंसिर ७, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानलाई भारतको ओडिशास्थित एक स्थानीय संगठनले कालो झण्डा देखाउने धम्की दिएको छ । 

कलिंग सेना नामको यो संगठनले यदि उनी अर्को हप्ता हुने वर्ल्ड कप हकीमा आए उनलाई कालो झण्डा देखाइने र कालाे मसी फ्याँकिने धम्की दिएको हो । 

शाहरुख खानले आजभन्दा १७ वर्ष अघि रिलिज भएको फिल्म ‘अशोका’ मा आडिशा र त्यहाँका मानिसहरुको अपमान गरेका कारण यस्तो धम्की अाएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संगठनले यो कुरा गत नोभेम्बर एक तारिखमा पुलिस रिपोर्टमा लेखाएको हो । 

null

हकी वर्ल्ड कप भुवनेश्वरको कलिंगा स्टेडियममा नोभेम्बर २८ देखि डिसेम्बर १६ सम्म चल्नेछ । 

सन् २००१ मा रिलिज भएको फिल्म अशोकाको ओडिशामा त्यतिबेला निकै विरोध भएको थियो । रिलिज भएको एक हप्ताभित्रै फिल्मलाई सिनेमा हलबाट निकालिएको थियो । 

– एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *