रणवीरले दीपिकालाई किनिदिए यति महंगाे मंगलसुत्र !

कात्तिक १८ । दीपिका पादुकोण र रणवीर सिंह १४–१५ नोभेम्बरमा विवाह गर्दैछन् । 

पाँच वर्षदेखि रिलेशनमा रहेको यो जोडी अहिले जाडी आफ्नो विवाहको तयारीमा व्यस्त छन् । भारतीय सञ्चार माध्यमका अनुसार रणवीरले दीपिकाका लागि २० लाख भारु को मंगलसुत्र किनिदिएका छन् । 

त्यस्तै दीपिकाले पनि रणवीरका लागि २०० ग्रामको एकदमै महंगो चेन किनिदिएकी बताइएको छ । 

null

जानकारी अनुसार दीपिकाले मंगलसुत्र बाहेक दुई वटा नेक्लेस पनि किनेकी छिन् । उनको सबै गहनाको मूल्य २ करोड रुपैयाँको रहेको छ । 

दीपिका र रणवीरले विवाहका लागि मुम्बइको अंधेरीस्थित एक शोरुममा सपिङ गरेका थिए । उनीहरुले सपिङ गर्न जानुभन्दा एक घण्टा अगाडी नै शोरुमको सटर बन्द गरिएको थियाे, ताकि उनीहरू आरामले सपिङ्ग गर्न सकुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *