विराटनगर पुगेर अध्यक्ष प्रचण्डले भने- दुई तिहाईको सरकार असफल भए देश नै असफल

कात्तिक १९, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने बताएका छन् । 

उनले देश असफल हुनबाट बचाउन अहिलेको सरकार साना तिना भन्दापनि ऐतिहासिक जिम्मेवारीका काममा लागि परेको बताए । 

नेकपा मोरङले सोमबार विराटनगरमा शुभ दिपावलीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको अहिलेको सरकारले जनताको आत्मासम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको बताए । 

null

‘युगले अहिलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पुरा गर्ने अवसर दिएको छ । त्यो अवसर पुरा गर्न अहिलेको सरकार सक्षम छ, हामी त्यो अभिभारा पुरा गर्न सक्छाैँ’, उनले भने, ’यो सरकारले सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर दुनियाँलाई एउटा नयाँ सन्देश दिनेछ ।’ 

अहिलेको समयमा संघीय लोकतन्त्र गणतन्त्र अनुकुलको बनाउन ऐनहरु परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले नेकपाको पार्टी एकता सप्रेकाहरुको मात्र नभएर बिग्रेकाहरुको एकतापनि भएको बताए । उनले वर्तमान सरकार दिर्घकालीन विकासको योजना बनाएर काम गरिरहेको जानकारी दिए । 

नेकपाका महासचिव बिष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरे । 

उनले यति ठुलो परिवर्तनको नेतृत्व गरेको नेकपा सरकारले राजनीति परिवर्तनको माध्यमबाट समाजले गरेको आर्थिक, सामाजिक परिवर्तनको अपेक्षलाई पूरा गर्नेमा कुनै आशंका नगर्न पनि आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *