अवैध रुपमा भारत लैजाँदै गरेको १२० क्वीन्टल केराउ बरामद

मंसिर ३, वीरगञ्ज । वीरगञ्जको अलौंवाबाट भारततर्फ जाँदै गरेको दुई ट्रयाक्टर केराउ बरामद गरिएको छ । 

भारततर्फ लैजाँदै गरेको ५० केजीका १२० बोराका दरले दुई वटा ट्रयाक्टरमा २४० बोरा केराउ बरामद गरिएको हो । बरामद गरिएको केराउको मूल्य अन्दाजी ६ लाख भएको अनुमान गरिएको छ । 

तेस्रो मुलुकबाट सहुलियतमा आयात गरी भारततर्फ लगिएकाे चोरी निकासीको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर कसको हो भन्ने खु्लेको छैन । 

null

ट्रयाक्टरसँगै दुई जना ड्राइभरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ना२त ७९१६ र २५८७ नम्बरको ट्याक्टरका चालकहरु पर्साको बहुदरमाई नगरापलिका ७ का २० वर्षीय रामविनय राम र पकाहामैनपुर गाउँपालिका वडा नं १ को ३५ वर्षीय राजेश महतोलाई समेत नियन्त्रणमा लिएको हो । 

बरामद गरिएको केराउसहितको ट्रयाक्टर र चालकहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *