तामाकोशीको सेयर बाँडफाँड अर्को हप्ता धकेलियो


मंसिर ३, काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तामाकाेशी जलविद्युत अायाेजनाकाे सेयर बाँडफाँड समय एक हप्ता पर सरेकाे छ ।
४५६ मेगावाट क्षमता जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ दोलखामा निर्माणाधीन अपर तामाकोशीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर निष्कासन दोहोरो आवेदन परेका कारणले यो हप्ताको अन्तिम वा अर्को साताको सोमबारसम्म बाँडफाँड गरिने भएको नागरिक लगानीकोषले जनाएको छ ।
यसअघि दोलखाबासीका लागि स्थानीय सेयर र कर्मचारी सन्चयकोषका कर्मचारी र सन्चयकर्ताका ५ लाख सहभागीमध्ये केहीले दोहोरो आवेदन दिएको भेटिएकोमा म्याचिङ्ग गर्न म्यानुवल्ली हेर्नुपर्ने भएकाले केही समय लम्बिन गएको कोषका सेयर शाखा प्रमुख रोशनजङ्ग बस्नेतले जानकारी दिएका हुन् ।
null
तथ्यांक अनुसार १२ हजारले सर्वसाधारणका लागि जारी आइपीओमा दोहोरो आवेदन भरेकाे र यो संख्या सर्टिङ्गले घट्न सक्ने दाबीसमेत बस्नेतले गरेका छन् ।
माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यसमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । जसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् ।
