सुनसरीबाट कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

मंसिर १, इनरुवा । सशस्त्र प्रहरीले कटुवा पेस्ताेल सहित तीन जनालार्इ पक्राउ गरेकाे छ । सुनसरीको सीमावर्ती क्षेत्रबाट हरिपुरबाट सशस्त्र प्रहरीले एकै दिन कटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ गरेकाे हाे । 

शनिबार दिउसो सशस्त्र प्रहरी बल हरिपुर र श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेकाे सशस्त्र प्रहरीले जनाएकाे छ । 

सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले भारत बिहार भिमनगर पन्चायत वार्ड नम्बर ४ बस्ने रन्जित कुमार मुखियालाई पक्राउ गरेकाे छ । 

null

भने, शनिबार नै चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलिले थप दुईजना भारतीय नागरिक लाई पक्राउ गरेको जनाएको छ । 

श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँचको क्रममा कोशी गाउँपालिका ६ स्थित धत्ता टोलबाट १ थान कटुवा पेस्तोलसहित जिल्ला सुपौल भवानीपुर ७ बस्ने वर्ष १८ का विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षका सुमित कुमार गोहित लाई पक्राउ गरेका हुन । उनीहरू माथि अनुसन्धान भर्इरहेकाे प्रहरीकाे भनार्इ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *