कञ्चनपुरमा मलामी चढेको ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

कात्तिक १८, भीमदत्तनगर । मलामी गएर फर्किंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैताेडाका दुई युवकको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नं.को ट्रयाक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *