अपडेटः हुसेन हत्याको आशंकामा सात जना प्रहरी नियन्त्रणमा

मंसिर ४, दुहबी । उद्योगी फिदा हुसेनको हत्या आशंकामा सुनसरीको दुहवीबाट सात जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक रामनारायण माझीले अनुसन्धानका लागि स्थानीय ७ जनालाई नियन्त्रणमा लिइएको बताए । उनले अनुसन्धान भईरहेकोले पक्राउ गरिएकाको नाम खुलाउन चाहेनन् । ‘प्रारम्भिक अनुसन्धान भइरहेकोले अहिले केहि भन्न सक्ने अवस्था छैन । ७ जनालाई नियन्त्रणमा लिएका छौँ’, उनले भने । 

यता स्थानीयबासीले दुहवी बजार बन्द गराएका छन् । हत्यामा संलग्नलाई चाडो पक्राउ गर्नुपर्ने, घटनास्थलमा गृहमन्त्री आउनुपर्ने भन्दै उनीहरूले फिदा हुसेनको लाश पोष्टमार्टमका लागि प्रहरीलाई दिन मानेका छैनन् । 

null

अहिले आन्दोलनरत पक्ष र प्रशासनबिच कुराकानी भईरहेको हाम्रा संवाददाता प्रेम गिरीले जानकारी दिएका छन् । अहिले घटना स्थलमा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरू आइपुगेका छन् । उनिहरूले घटनाको तत्काल छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने अडान लिएका छन् । 

सुनसरीकाे दुहवीमा भएकाे गाेली काण्डबारे जिल्लाका उच्च तहका सुरक्षा अधिकारी, अाफन्त र राजनीतिक तहका व्यक्तिबिच वार्ता जारी छ । 

हत्या गरिएका व्यक्तिकाे घरमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता,सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, पूर्व मन्त्री रामकुमार सुब्बा, नेपाली काँग्रेसका सुनसरी सभापती तथा प्रदेश १ का संसदीय दलका नेता राजिव काेइराला, प्रदेश सांसद लिलम बस्नेतसहितका नेताहरूकाे उपस्थिती रहेकाे छ । 

 

उनिहरूले हत्याबारे बुझ्ने प्रयास गरिरहेका छन् भने घटनामा संलग्न रहेकालार्इ चाँडाे पत्ता लगाउनु पर्ने बताएका छन् । यता व्यवसायी तथा स्थानियले भने हत्यामा संलग्नलाइ चाँडाे पत्ता लगाउन माग गरिरहेका छन् । उनिहरूले प्रशासनले हेलचेक्रार्इ गरेकाे भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेकाे गुनासाे गरेका छन् । 

 

अहिले दुहवी खनार सडक खण्डमा माेटरसाइकल र्याली समेत निकालेका छन् । मृतकका अाफन्तहरूले गृहमन्त्री नअाए सम्म लाश नउठाउने अड्डी कसिरहेका छन् । उनिहरूलार्इ सम्झाउने काम जारी रहेकाे प्रदेश सांसद लिलम बस्नेतले बताए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *