प्यूठानमा रित्तो गाग्री ठटाउँदै खेलियो देउसी–भैलो

कात्तिक २५, काठमाडौँ । प्यूठानमा रित्तो गाग्री ठटाएर देउसी–भैलो खेलिएको छ । 

प्यूठान मल्लरानी गाउँपालिका वडा नम्बर ३ चौरपानी गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि रित्तो गाग्री ठटाउँदै देउसी–भैलो खेलिएको हो । 

गाउँमा खानेपानीको मुहान सुकेका कारण सरकारलाई दबाब दिनका लागि गाग्राे ठटाएर भैलो खेलिएको स्थानीयवासीले बताएका छन् । 

null

नेताहरुले बाटो मात्रै खनाउने काम गरेको तर खानेपानीको मुहानतर्फ बेवास्ता गरेका कारण पानीको हाहाकार मच्चिएको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *