काठमाडौंमा प्रहरी नै लुटेरा

काठमाडौं। नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ ।घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको खबर आजको नयाँ पत्रिकामा छ । 

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो ।प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो । 

प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’ 

null

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए । ‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनेँ ।मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डिआइजी थापाले भने, ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *