दुहवीमा यस्तो छ छठ पूजाको तयारी

कात्तिक २६, दुहवी । सुनसरी–मोरङ जोड्ने संगम खोलाको रुपमा रहेको बुढी खोलामा यस वर्ष पनि छठ पूजा समिति दुहवीले भव्यताको साथ छठ पर्व मनाउने भएको छ । बुढी खोलाको किनारमा छठ पूजा मनाउँदै आएको समितिले यस वर्ष ९ सय श्रद्धालुले छठ पूजा गर्ने जनाएको छ । 

यस वर्षको छठ पर्व अवलोकनका लागी करिब ३० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । घाट खोला छेउमा बिजुली, खानेपानी आदी सेवा सहज रुपमा उपलब्ध गराइने समितिका अध्यक्ष श्याम कुमार दाहालले जानकारी दिएका छन् । 

२७ गते मंगलबार छठ पूजा आरम्भ हुने, दिउँसो धार्मिक सांस्कृतिक कार्यक्रम, साँझ सन्ध्याकालिन आरधाना हुने र छठ पूजाको अन्तिम दिन २८ गते बुधबार बिहान सूर्य पूजाको आरधाना गर्नुको साथै पूजा सम्पन्न गरि प्रसाद वितरण गरिने कार्यक्रम रहेको छठ पूजा समितिका सल्लाहकार सुविर उपाध्यायले जानकारी दिए । 

null

 

छठ पूजा सम्पन्न गर्न १० लाख खर्च लाग्ने जानकारी दिइएको छ । छठ पूजा समितिका अध्यक्ष श्याम कुमार दाहालले यस वर्ष सूर्य देवताको मन्दिर निर्माण गर्ने योजना रहेकोले आफूले घाट परिसरबाट ६०० मिटर भित्र २ कठ्ठा जग्गा दिने बताए । 

यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र छाला रोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । सबै जाति, उमेर, धर्म, लिंग, दल, वर्ग र सम्प्रदायका सहभागी हुने यो समावेशी पर्वमा घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन् । 

रोचक के छ भने यो पर्वमा घरदेखि घाटसम्म युवा पुस्ताको सक्रिय सहभागिता हुन्छ । घाट सिंगार्ने, पुजन सामग्री बोक्ने र धार्मिक विधिमा सहयोग गर्नेमा उनीहरु सबैभन्दा अगाडी हुन्छन् । एक्लैले यो पर्व गर्न सम्भव हुन्न । घरमा ठेकुवा एवं भुसुवालगायतका प्रसाद तयार गर्नेदेखि घाटमा अर्घय दिने बेलासम्म छरछिमेक समेत सहयोग गर्न आइपुग्छन् । 

आर्थिक रुपले असक्षमले भिख मागेरै पनि खुशी एवं गर्वकासाथ यो पर्व मनाउँछन् । सम्पन्नले समेत भाकल पुरा भएमा भिक्षा मागेर पुजा गर्ने अठोट लिन्छन् र पुरा भएमा गर्छन् । अाफैँले गर्न नसक्नेले चिनेका व्रतालुलाई सामग्री किनेर दिइ पूजामा सहभागी हुन्छन् । घरदेखि जलाशय किनारसम्म प्राचिन वस्तीको जस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पुजा गरे जतिकै धर्म हुने विश्वास गरिन्छ । 

यो पर्वको चर्चित प्रसाद ठेकुवा गहुँकाे पिठोमा सख्खर, घिउ, नरिवल, सुप, छोकरा र किसमिस मिसाएर खजुरी झैं आकार प्रकारले बनाइन्छ । त्यसैगरी चामलको पिठोमा यिनै सामग्रीहरु मिसाई लड्डुु आकारको भुसुवा बनाइन्छ । हातले वा काठको ब्लकमा ठोकीठोकी बनाउने हुनाले ठेकुवा र खाँदाखे फुट्ने हुनाले भुसुवा भनिएको हो । 

ती पकवान तथा विविध प्रकारका मौसमी फलफुल, गेडागुडी, सुपारी, सुकमेल, काजु, किसमिस, बदाम र छोकडा लगायतका सामग्रीलाई बाँसको कोनिया, ढकी र नाङ्गलोमा राखिन्छ । मुख्य व्रतालुले परिवारजनसहित गीत गाउँदै घाटमा पुगी मंगलबार साँझ अस्ताइरहेको र बुधबार बिहान उदाइरहेको सूर्यलाई अर्घय दिई पुजा समापन गर्ने गर्दछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *