लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाउन आवश्यक :पोखरेल

मंसिर ११, बिराटनगर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन् । 

बिराटनगरमा बुधवार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोखरेलले लैङ्घिक हिंसा अन्त्यका लासि कानूनी व्यवस्था निर्माणका लागि रचनात्मक जन दबाव पनि आवश्य रहेको बताए । 

 

null

‘हिसांको अंसियार घर भित्र पनि हुन सक्छ, रक्षामन्त्री पोख्ररेलले भने‘ पिछाडापनको चिन्तनका कारण घर भित्रै हिंसाको रुप देखिने गरेको छ ’। तसर्थ घर भित्र देखि समाजमा हुने हिंसाको बिरुद्ध ठोस योजना बनाएर अघि बढन आवश्य छ ।’ 

उनले राजनीतिक रुपले मात्र संघीयता घोषणा हुँदैमा संघीयताले पूर्ण आकार लिन नसक्ने बताएका छन । उनले प्रशासनिक र बित्तिय हिसाबले पनि संघीयताले आकार लिने आवश्य रहेकोमा जोड दिए । अहिले राजनितिक रुपमा मात्र संघीयताको घोषणा भएको तर प्रशासनिक र बित्तिय हिसाबले संघीयताले पूर्ण आकार लिन नसकेको बताए । 

‘हामीले राजनितिक रुपमा मात्र संघीयता घोषणा गरेका छौ,’ मन्त्री पोखरेलले भने ‘संघीयतालाई पुर्ण आकार दिन प्रशासनिक र बित्तिय हिसाबलपनि उतिकै आवश्य छ,यदी प्रशासनिक र बित्तिय हिसाबले पूर्णता नपाएको खण्डमा नेपाली जनताले फेरीपनि दुःख पाउनबाट कसैले रोक्न सक्दैन ।’ 

उनले दलहरुले संविधान जारी गर्ने समयमा संक्रमणकाल सकियो भनेर घोषणा गरेको तर जहिलेसम्म कानून र संरचना निर्माण नभएसम्म संविधानका सुन्दर व्यवस्थाहरु खुट्टा टेकरे हिडन नसक्ने बताए । उनले संविधानको राम्रा पक्षलाई कानुन र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले वर्तमान अवस्थामा मुलुक अपठ्यारो स्थिती झेल्न बाध्य भएको जानकारी दिए । 

उनले अहिलेको अप्ठ्यारो अवस्था छ भनेर कोही उम्किने अवस्था नरहेको भन्दै संविधान व्यवस्थालाई पुर्ण कार्यान्वय गर्न आवश्य रहेको बताए । उनले संविधानको व्यवस्थालाई कार्यान्वयकाका लागि कानून चाँडो भन्दा चाँडो निर्माण गर्न आवश्य रहेको बताए । 

प्रदेश नं एकका मुख्य मन्त्री शेरधन राईले सबै प्रकारको हिंसा अन्त्यका लागि प्रदेश सरकारले कठोर ढंगले कदम चाल्ने प्रतिवद्ध जाहेर गरे । उनले लैङ्घिक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गर्न प्रदेश सरकारको संकल्प रहेको जानकारी दिए । मुख्यमन्त्री राईले लैङ्घिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका निम्ती स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । 

कार्यक्रममा प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारी, सामाजीक विकासमन्त्री जिवन घिमिर, र ब्रिाटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लैङ्घिक हिंसा अन्त्यका लागि सचेत भएको बताएका थिए । कार्यक्रममा प्रदेश नं एकका १ सय ३७ स्थानीय तहका प्रतिनिधिह्रको सहभागीता रहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *