हुसेनलार्इ गाेली प्रहार गर्न बाईकमा आएका थिए सुटर

मंसिर ५, दुहवी । सुनसरीमा गोली प्रहार गरिएका इटा उघोगका व्यवस्थापक फिदा हुसेनको मृत्यु भएको छ । हुसेनलाई दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी बाईकमा आएका दुई जनाको समुहले गोली प्रहार गरेका थिए । हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाई हुन । 

घटनाको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान शुरु गरेको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ । हुसैनका समर्थकहरुले नारावाजी गर्दै कोशी राजमार्ग तथा दुहवी बजार ठप्प पारेका छन ।  

 

null

हुसैनका समर्थकहरुले दुहवी ५ स्थित रहेको अमरदिप मेडीकल हल (औषधी पसल) बन्द गर्न न मानेको भन्दै कुटपिट गरेका छन् । कुटपिटमा स्थानिय चन्दन स्वर्णकारको टाउको फुटेकोछ भने मेडीकल हल संचालक हाकु साह सहित अन्य २ जनालाइ कुटपिट गरेको बताइएको छ । 

आफ्ना व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयमा प्रशासनले सुरक्षा दिन नसकेको भन्दै उनका आफन्त र समर्थक बजार बन्द गराउन निक्लिएका छन् । पसल बन्द गराउन उर्दि गर्दै हिंडेका व्यक्तिले जबरजस्ती मेडिकल बन्दा गराउन भनेका थिए । तर, शाहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डि कसे पछि उनि माथी कुटपिट भएकाे हाे ।अहिले दुहवीका विभिन्न स्थानमा टायर बालिएको छ । अवस्थालाइ मध्यनगर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहवी प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले बताए ।  

 

खुर्सिद अन्सारीको हत्याका ठिक ६० दिनपछि आज बिहान सुनसरीमा अर्का मुस्लिम व्यवसायीको हत्या भएको छ । हत्यारा भारतीयहरु भएको भन्ने अनुसन्धानले पत्ता लगाएपछि उनीहरुलार्इ कारबाही भएको छैन । 

दुहबीको जयबाबा इट्टा उद्योगमा व्यवस्थापक रहेका हुसेनलार्इ दुइ जना बन्धुकधारीले बिहान साढे ६ बजे गोली हानेका थिए । ३ गोली लागेका भनिएका हुसेनलार्इ उपचारको लागि विराटनगरमा लाँदै गर्दा मृत्यु भएको थियो । हत्या गर्ने अपराधिक समुह भएको हुनसक्ने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षण रामनारायण माझीले बताएका छन । 

असोज ४ गते भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारी स्टेट किलिङ भएको धेरैले अनुमान गरेका छन । भारतीय बन्दुकधारीले हत्या गर्नु र भारतीय नम्बर प्लेटमा आएर हत्या गरिनु मात्रै हैन, भारतले खुर्सिदलार्इ पटकपटक सुपुर्दगी गर्न नेपाल सरकारलार्इ आग्रह गरेको कुराले स्टेट किलिङ रहेको धेरैले बताउँदै आएका छन । 

अन्सारीको हत्याको छानबिन गर्न गठित एसएसपी किशोर दाहाल नेतृत्वको समुहले पनि खुर्सिद हत्यारा भारतीय सार्पसुटरबाट भएको निस्कर्ष निकालेको थियो । के हुसेन हत्या पनि यस्तै अपराध हो ? वा अन्य कुनै कारणले हो ? यो बिषयमा प्रहरीले केहि अनुमान गर्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *