नेपालकी छोरी निर्मलालाई न्याय देउ सरकार, अनि…
मंसिर १३, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी १३, वर्षीया निर्मला पन्तका निम्ति न्याय माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शनमा उत्रिएका महिला अधिकारकर्मीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘नेपालकी छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ लेखिएको प्लेकार्ड बोकेर बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरुलाई प्रहरीले धरपक्कड गरेको हो ।
null
यता एसिया प्यासिफिक समिटलाई लक्षित गर्दै सरकारले सवारी व्यवस्थापनका लागि आजदेखि जोरबिजोर प्रणाली लागु गरेको छ, भने काँग्रेस नेता गगन थापाले यसको अवज्ञा गर्न आह्वान गरेका छन् ।
त्यस्तै छोरी निर्मला पन्तको बलात्कार र हत्यापछि सरकारसँग दोषी पहिल्याउन माग गर्दै धर्नामा बसेका उनका बुवा यज्ञराज पन्तलाई काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ।
उनिमा मानसिक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । अहिले धर्ना स्थलमा निर्मलाकी कान्छी आमा र महिला अधिकारकर्मीहरु लगायत छन् । डा. गोविन्द केसीले पनि धर्नामा एक्येबद्धता जनाइसकेका छन् ।