नेप्से भन्छः केवाइसी विवरण उपलब्ध गराउनुस

कात्तिक २७, काठमाडाैं । नेप्सेले सेयर खरिदबिक्रीमा ल्याएको बहुप्रतिछीत अनलाइन प्रणाली गत कात्तिक २० गते समुद्घाटन गरेको थियो । 

अनलाइन प्रणालीमा त्यसपछिका दिनहरूमा दिनहुँ अनेक समस्याहरू देखिइरहेका छन् । यावत देखिएका त्रुटिहरुमा संस्थागत लगानीकर्ता र व्यक्तिगत लगानीकर्ताहरुको केवाईसी अपडेट गर्न आज एक सूचना नेप्सेले जारी गरेको छ । 

जारी सूचना अनुसार केही ब्रोकर तथा लगानीकर्ताले ब्रोकरको प्रणाली (TMS )मार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको हुँदा नेप्सेको पुरानो कारोबार प्रणाली (CTS)मा केवाइसी अपडेट गरेपनी केही आवश्यक पर्ने विवरण भर्न छुटेका सम्पूर्ण लगानीकर्ताहरुले ब्रोकरमार्फत विवरण उपलब्ध गराउन नेप्सेले अनुरोध गरेको छ । विवरण नभरी Unique Client Code (UCC) प्राप्त नहुनुका साथै TMS मा कारोबार समेत गर्न नसकिने सूचनामा उल्लेख भएको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *