राजेन्द्र महतो चुनिए राजपाको संयोजक

काठमाडौं । राजपाको संयोजकमा राजेन्द्र महतो चुनिएका छन्। राजपाको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकमा बहुमतबाट महतो संयोजक चुनिएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्। 

डेढ वर्षअघि मधेसी मोर्चामा आबद्ध ६ वटा पार्टी एकीकरण भई राजपा गठन भएको हो। त्यतिखेर सबै पार्टीका अध्यक्ष अध्यक्षमण्डलका सदस्य बन्ने र चक्रीय प्रणालीअनुसार सबैले पार्टीको नेतृत्व गर्ने निर्णय थियो। पछि महतोले ठाकुरलाई स्थायी रूपमै संयोजक बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि ठाकुर राजपा अध्यक्षमण्डलका संयोजक थिए। 

null

तर निर्वाचनपछि ठाकुरसँग महतोसहित अध्यक्षमण्डल अन्य सदस्य असन्तुष्ट थिए। ठाकुरले सल्लाहबिनै प्रदेश २ को सरकारदेखि पार्टीको केन्द्रीय समितिका विभिन्न पदमा मनोनयन गरेको आरोप छ। दसैंअघि पार्टी सचिवालयका कर्मचारीलाई निकालिदिएको विषयले समेत पार्टीभित्र विवाद बढेको थियो। 

बैठकले पार्टीको आर्थिक गतिविधिको समेत हिसाब गर्न अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवलाई जिम्मा दिने निर्णयसमेत गरेको छ। महतो संयोजक बनेपछि आइतबारका बैठक लागि बोलाइएको छ। 

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, महाधिवेशन तयारीका काम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिने जनाइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *