भारतमा फेरि घट्यो पेट्रोलको मूल्य

नयाँ दिल्ली । भारतमा तेलको भाउ घट्ने क्रम जारी रहेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै शनिवार लगातार तेस्रो दिन पनि भारतमा पेट्रोल सस्तो भएको हो । 

त्यहाँका सरकारी तेल कम्पनीहरुले पेट्रोलको भाउ प्रतिलिटर ३२ पैसाले घटाएका छन् । अघिल्लो दिनको तुलनामा डिजेलको भाउ पनि प्रतिलिटर ४० पैसा कम भएको छ । 

पछिल्लो संशोधनपछि राजधानी नयाँ दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ७५ रुपया २५ पैसामा किनबेच भएको छ । सर्वसाधारणले डिजेल पनि प्रतिलिटर ७० रुपया १६ पैसामा पाइरहेका छन् । 

null

कोलकत्तामा र मुम्बाईमा भने पेट्रोलको भाउ ३१ पैसाले घटाइएको छ । चेन्नईमा भने भाउ ३४ पैसा कम गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *