‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्य

कात्तिक १६, काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उनलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन् । 

सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गर्न संयोजक आवश्यक परेको मन्त्रालयको भनाइ छ । 

null

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आगामी तीन वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजकमा वैद्यलाई नियुक्त गरिएको जानकारी दिए । 

सरकराले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यलाई अगाडि बढाएको र सो कार्यक्रमको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रहेका वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *