भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा सुरु

धनुषा। भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा सुरु भएको छ ।  

नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ । 

लखनऊबाट दिउँसो २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ । उक्त दुरीमा यात्रु भाडा भारतीय रु ९२८ कायम गरिएको छ ।  

null

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाए पनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुङ्गो लाग्न नसकेको बताए। जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उनले जानकारी दिए। 

जनकपुर–पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले लखनऊबाट बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नै नदिएको जानकारी दिए। लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो ।  

गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरे पनि उक्त बस सेवा नियमित हुन सकेको छैन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *