ए डिभिजन लिगः हिमालयन शेर्पाले मछिन्द्रलाई हरायो

 

मंसिर १२, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै तेस्रो जित हात पारेको हो । जितसँगै हिमालयन शेर्पा लिगको तेस्रो स्थानमा उक्लिएको छ । यो सिजनमा मछिन्द्रको यो दोस्रो हार हो। 

null

हिमालयन शेर्पा क्लबको जितमा कर्ण लिम्बु र आशिष गुरुङले एक एक गोल गरे । 

खेलको २१ औं मिनेटमा आशिष गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाए । खेलको ९० औँ मिनेटमा कर्णले गोल गर्दै हिमालयन शेर्पालाई २–० को जित दिलाए । 

खेलमा हिमालयन शेर्पाका उलरीच सीवी म्यान अफ दि म्याच चुनिए । 

हिमालयन शेर्पाले ४ खेलबाट १० अंक जोडेको छ । २ अंक जोडेको मछिन्द्र ११ औं स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *