प्रदेशसभा बैठकमा पाँच विधेयकका प्रतिवेदन पेश

मंसिर १०, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन पेश गरिएको छ । 

प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो । 

प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ प्रतिवेदन पेश भएको हो । 

null

त्यस्तै बैठकमा प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा प्रदेशमा खेलकूद विकास समिति गठन गर्न बनेको विधेयक २०७५माथि दफावार छलफल भई आएका प्रतिवेदन क्रमशः पेश भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *