प्रकाशको स्मरण गर्दै प्रधानमन्त्रीले भने– ‘प्रचण्डको सचिवालय हाँक्ने खुबी थियो’

मंसिर ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अाेली अस्पतालबाट डिस्चार्ज भएको तीन हप्तापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।  

उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा देखिएका हुन् । 

कार्यक्रममा उपस्थित भएका उनले प्रचण्ड परिवारलाई शोकलाई शक्तिमा बदलेर अघि बढ्न सुझाव दिए । प्रचण्डको परिवारले असाधारण ढंगले दुखद क्षणको सामना गरेको प्रधानमन्त्रीको भनाइ थियो । 

null

प्रधानमन्त्री ओलीले स्व. प्रकाशको प्रशंसा गर्दै देशका लागि राम्रो काम गरेमा प्रकाशको सच्चा श्रद्धाञ्जली हुने बताए । प्रकाशमा प्रचण्डको सचिवालय हाँक्ने खुबी भएको उनले बताए । 

 

प्रधानमन्त्री ओलीले रोएर नफर्कने कुरामा आँसु धेरै बगाउनु नुहुने बताए । ‘पीडालाई आत्मसाथ गर्दा झन् पीडा थपिने हो, त्यसबाट परिस्थिति परिवर्तन हुँदैन’, उनले भने । 

प्रधानमन्त्री ओलीले आफू प्रकाश दाहालको स्मृति सभामा आएकाले कुनै पनि राजनीतिक भाषण नगर्ने भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *