आइपुग्यो बिराटनगरमा रेल (फोटो फिचर)

बिराटनगर, कात्तिक १९ । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वे मार्गमध्ये आइतबार पहिलो पटक बुधनगर सिथत भेडियारीसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । 

भारतको बथनाहादेखि मोरङको बिराटनगर महानगरपालिकाको बुधनगरसम्मको लिकमा आइतबार रेल्वेको सफल परीक्षण गरिएको हो । नेपालको रेल–वे कस्टम यार्ड र भारतीय रेल–वे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिछ्याउँदै ३ दशमलव ३ किलोमिटरसम्म रेल मार्गको परीक्षण गरिएको हो । 

 

null

भारतको बथनाहादेखि बिराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वे खण्डको निर्माणको जिम्मा पाएको इकोर्न कम्पनीले परीक्षणका लागि डिजेल इन्जिनको रेल कुदाएर सफल परिक्षण गरेको निर्माण कम्पनी इकोर्नका जेनेरल प्रोजेक्ट मेनेजर प्रदीप कुमार बताए । 

भारतको बथनाहाबाट आईपुगेको रेलको ईन्जिन बोक्ने डब्बामा भारतका रेल विभाग र निर्माण कम्पनी ईरकोनका प्रतिनीधिहरु सवार थिए । नेपालको तर्फबाट मुआब्जाको बिषय हल हुन सकेको खण्डमा एक बर्षदेखि डेढ बर्ष भित्रमा नेपाल भित्रको कटहरीसम्म रेल सेवा सुचारु गर्ने रेल निर्माण कम्पनी ईरकोनका प्रोपराईटर अश्वीनि कुमार बताए । 

रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालबहाक रेल नेपाल आउने छ । त्यसपछि सोही रेलमार्गमा थप लिक निर्माण भएपछि यात्रुबाहक रेल नेपाल तर्फको कटहरीसम्म आउने छ । कोलकत्ताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालबहाक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर– १८ का वडा युवराज शाहले बताए । 

 

नेपाल र भारत सरकारबिच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग बिस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो । 

समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनु पर्ने भएपनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर मध्ये ८ किलोमिटरको काम पुरा भएको छ । बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *