मुक्तिनाथको निक्षेप १ करोड ७६ लाख

मंसिर १, दुहवी । मुक्तिनाथ कृषि सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष श्याम कुमार क्षेत्रिले संस्थाको आर्थिक वर्ष २०७४ र ०७५ मा २ करोड भन्दा बढीको कारोबार गरेको जानकारी दिए । 

साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन १ करोड ७६ लाख ४६ हजार पुगेको जानकारी दिइएको छ । यस अवधिमा कुल ऋण २ करोड रुपैंया लगानी गरी आर्थिक वर्ष २०७४/०७५ असार मसान्त सम्ममा खुद मुनाफा ४ लाख, ९६ हजार ३ सय १४ आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । 

यस अवधिमा सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो छ । संस्थामा शेयर सदस्य संख्या महिला २९५ र पुरुष ३८४ गरि ६७९ रहेको छ । संस्थाले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन ऋण प्रवाह गरेको अध्यक्ष श्याम कुमार क्षेत्रिले बताए । 

null

संस्थाको ८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *