पीपीएल क्रिकेटमा आज चितवन र काठमाडौं तथा धनगढी र बुटवल प्रतिस्पर्धा गर्दै

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहिबार) दुई खेलहरु संचालन हुँदैछ । 

पोखरा रंगशालामा बिहिबार हुने पहिलो खेलमा चितवन राइनोजले हुलास काठमाडौं रोयल्ससंग प्रतिस्पर्धा गर्नेछ ।  पारस खड्काको चितवन र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 

काठमाडौंविरुद्धको खेल चितवनलाई महत्वपूर्ण हुनेछ । ३ खेल खेलिसकेको चितवनलाई प्ले अफमा स्थान बनाउन काठमाडौंलाई हराउनै पर्नेछ । किनकी चितवनले ३ खेलमा मात्र १ जित निकालेर २ अंक जोडेको छ । चितवन लिगको चौथो स्थानमा छ । 

null

यता, काठमाडौं लगातार तेस्रो जितको खोजीमा हुनेछ । काठमाडौंअघिल्ला २ खेलमा जित हात पार्दै ४ अंक जोडेर तेस्रो स्थान रहेको छ । चितवनलाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा सहज बन्नेछ । 

पीपीएल अन्तर्गत बिहिबार हुने दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजले सोमपाल कामीको बुटवल ब्लास्टर्ससंग खेल्नेछ । दुई टोलीबीचको खेल अपरान्ह १:३० मा हुनेछ । 

यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । ३ खेलबाट २ अंक जोडेको धनगढीलाई प्ले अफ यात्रा कायम राख्न बुटवलविरुद्ध जित्नै पर्ने हुन्छ । 

यता, अघिल्ला दुई खेल जितेर तेस्रो खेलमा पराजय व्यहोरेको बुटवल चौथो खेल जितेर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *