बराबरीपछि सिटी अन्तिम १६ मा, लियोनको पनि संभाबना बलियो

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब लियोनसंग २ – २ को बराबरीमा रोकिएको छ। लियोनको मैदानमा पछि परेको सिटीले अग्रता उल्टाएर बराबरी गर्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ । 

 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा लियोनले अग्रता बनायो । ५५ औं मिनेटमा म्यासवेल कर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । तर, ६२ औं मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई खेलमा फर्काए । 

null

फेरि ८१ औं मिनेटमा कर्नेटले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई २ – १ को अग्रता दिलाए । त्यसको तीन मिनेट भित्र ८३ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई २ – २ को बराबरीमा ल्याए । 

 

यो बराबरीसंगै समूह ‘एफ’ को सिटीले ५ खेलबाट १० अंक जोडेको छ । र, सिटी समूहको शीर्ष स्थानमा समेत रहेको छ ।लियोन ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । लियोनको पनि नकआउट चरणको सम्भावना बलियो रहेको छ । यसै समूहको अर्को खेलमा शख्तर डोनेक्स्टले होफेनहाइमलाई ३ – २ ले पराजित गरेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *