पद्मसुन्दर लावतीको नाक कटाए सगुन सुन्दर लावतीले
कात्तिक २८, काठमाडौं । फेसबुक, टुइटरमा फेक आइडीमार्फत अपराधिक क्रियाकलाप हुनेगरेको तथ्य बाहिर आइरहेकै बखत जनमत बिनाका राजनीतिकर्मीहरुले पनि अनगन्ति फेक आइडी खोलेर आफ्ना विरोधीलाई सकाउने रणनीति अपनाउन थालेका छन् ।
कमजोर जनाधार भएका राजनीतिक दलका नेताहरु आफ्ना बिरोधीको बेइज्जत गर्ने, हप्काउने र तर्साउने तथा आफ्ना गतिविधिहरु आफ्नै नक्कली आइडीहरुबाट अधिकतम सेयर गरेर जबर्जस्ती आफैंलाई पपुलर बनाउन प्रयास गरेको पाइएको छ । यस्तो हर्कत अपनाएर आफुलाई चर्चामा ल्याउन खोज्नेमध्ये आफुलाई राप्रपा प्रजातान्त्रिकका युवा नेता भन्ने सगुन लावती अग्रपङ्तीमा रहेका छन् ।
null
मानिसहरुलाई कसरी आफुतिर आकर्षित गर्ने भन्ने राजनीतिक संस्कार नभएका लावतीले फेसबुकमा भिम बराल, समिर तुलाचन, ओम नेपाली, लामा राजु, सुरेन याक्थुम्वा लगायत विभिन्न नाममा नक्कली आइडी बनाएर आफ्ना विपक्षी एवं पार्टी भित्रकै आफ्ना कुरा नखानेहरुका विरुद्ध प्रयोग गर्ने तथा आफ्नो प्रचार व्यापक रुपले गर्ने गरेका छन् । निजले पक्राउ परिन्छ कि भनेर अरुले शंका गर्न थाले पुराना फेक आइ डी बन्द गर्दै नयाँ नयाँ नक्कली आइडी बनाएर गाली बेइजती गर्न र आफ्नाे गुणगान गर्न प्रयोग गर्ने गरेका छन् ।
पञ्चायतका हस्ती मानिने उनका बुबा पद्मसुन्दर लावतीले जबर्जस्ती लतारेर राजनीतिमा डोर्याएका सगुन सुन्दरको राजनीतिक संस्कार भने शून्य रहेको उनकै पार्टीका समकक्षीहरु बताउँछन् । वरिष्ठ राजनीतिज्ञ पद्मसुन्दर लावतीको छोरा बाहेक उनको आफ्नो राजनीतिक परिचय खासै केही छैन । बाबुको आडमा राजनीतिक प्लेटफर्म पाएपनि यसलाई जोगाएर राख्ने अथवा सहकर्मी, कार्यकर्ताहरुको मन जितेर आफुलाई स्थापित गर्नेतर्फ नलागी असंख्य नक्कली फेसबुक आइडीको प्रयोग मार्फत आफ्ना इतरकालाई गालि बेइज्जति गर्ने, तर्साउने र धम्क्याउने गर्ने गरेका छन् ।
फेक आइडीहरु मार्फत सगुन लावतीले राप्रपाका अध्यक्ष कमल थापाको बढी बदनाम गर्ने प्रयास गर्दछन् । त्यस्तै आफनै जिल्लाका राप्रपाका नेता तेज कुरुम्बाङको पनि निकै नै गाली बेइजती गर्ने गरेका छन् । सगुन कतिसम्म तल गिरेर अरुको बेइज्जत गर्न लाग्छन् भने आफ्नै वडाका निर्वाचित अध्यक्षको पनि फेक आइडी मार्फत नक्कली समाचार बनाएर बदनाम गर्ने प्रयास गर्दछन् । प्रजातन्त्रमा अरुको विरोध गर्न पाइन्छ, तर प्रष्टसँग समाजले देख्ने गरि गर्नु पर्दछ, बिशेष गरि साँचो रुपमा राजनीति गर्ने हो भने । फेक आइडी बनाएर अरुको गाली बेइजती गर्नु अपराध हो । प्रहरी र प्रशासनले यस्ता व्यक्तिलाई समयमै कारबाही नगरे यस्ता अपराधिक गतिविधी व्यापक हुन सक्छ ।
साथै उनी आफ्नै फेक आइडी मार्फत एकोहोरो रुपमा आफ्नो प्रचार गराउँछन र दलका नेताहरुलाई आफनो सर्मथकहरु भएको दावी गर्दछन् । सगुन लावतीको सर्मथक भनेका त उनले आफैंले चलाउने फेक आइडीहरु मात्र हुन् । यस्ता कृत्रिम कार्यलाई ‘राजनीति’ र यस्तो गराउनेलाई ‘नेता’ भन्नुपर्ने अवस्था आइसकेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताएका छन् ।
आफ्नै पार्टी अध्यक्ष पशुपति शम्सेर जवरासँग कुनै कुरामा चित्त बुझेन भने यिनै नक्कली फेसबुक आइडीमार्फत उनले विष वमन गर्ने गरेको तथ्यलाई समेत पार्टीको केन्द्रीय सचिबालयले सुक्ष्म अनुसन्धान गरिरहेको बताइएको छ । राप्रपा नामधारी तीनैवटा पार्टीको एकीकरणको चर्चा चलिरहेका बेला सगुन लावतीमार्फत सञ्चालित माथी उल्लेखित नक्कली आइडीहरु हेरेमा यो कुराको पुष्टि हुने राप्रपा प्रजातान्त्रिकका एक केन्द्रीय पदाधिकारीले बताएका छन् ।
सामाजिक सञ्जालहरुले समाजमा सम्बन्ध गाँस्न र समाचार संप्रेषण गर्नमा महत्वपर्ण योगदान गरेको छ तर अपराधिक सोच भएका व्यक्तिहरुले ती माध्यमको चरम दुरुपयोग पनि गरिरहेको छन । त्यस्ता अपराधि र अपराधिक गतिविधिहरुको समयमै निगरानी र नियन्त्रण गरिएन भने विकृतिहरु मौलाउने छन् ।