लिभरपुुलसँग गत सिजनको बदला लियो पीएसजीले, यो समूूहबाट नकआउट चरणमा पुुग्ने टोलिको टुुंगो अन्तिम खेलबाट मात्रै

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुललाई पराजित गरेको छ । 

घरेलु मैदानमा भएको खेलमा पीएसजीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुआन बर्नाट र नेयमारले गोल गरे । लिभरपुका लागि जेम्स मिल्नरले एक गोल गरे । 

 

null

पीएसजीलाई पराजित गर्दै नकआउट चरण पुग्ने अवसर लिभरपुललाई प्राप्त थियो । तर गत सिजन पराजित गरेको फ्रान्सेली क्लबको चुनौती लिभरपुलले यस पटक पार गर्न सकेन । 

 

खेलको १३ औ मिनेटमा बर्नाटको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । ३७ औ मिनेटमा नेयमारले पीएसजीको अग्रतालाई दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खलमा फर्काउने कोशिश गरे तर दोस्रो हाफमा थप गोल हुन नसकेपछि पीएसजीले महत्वपुर्ण ३ अंक जोड्यो । 

 

चोटले गर्दा पछिल्लो समय मैदान बाहिर रहेका नेयमार र फ्रान्सेली स्टार एम्बाप्पेले लिभरपुलविरुद्व उत्कृष्ट आक्रमण बुने। 

पीएसज ५ खेलबाट ८ अंक जोड्दै नकआउट चरण प्रवेशको नजिक छ । तेस्रो स्थानको लिभरपुलको ६ अंक छ । उसको समेत अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ । 

 

सिरि ए क्लब नापोली ९ अंक सहित समुहको शीर्ष स्थानमा छ । नेपोलीले रेड स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्यो । रेडस्टार समूूहचरणबाटै घर फर्किएको छ । 

अन्तिम खेलमा पीएसजीले रेडस्टारसँग खेल्दा लिभरपुुलले शीर्षस्थानको नेपोलीको सामना गर्ने छ। २ गोलको फरकमा नेपोलीलाई हराउन सके समान ९ अंक हुनेछ भने, लिभरपुुलले पनि अन्तिम १६ मा स्थान बनाउने छ । 

 

यो अवस्थामा पीएसजी पराजित भए नेपोली र नभए पीएसजी अन्तिम १६ मा पुुग्ने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *